जनकपुरधाम,५ साउन। पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रोफेसर राजकुमार यादव (आरके) जनमत पार्टीमा प्रवेश गरेका छन।
बिहिबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बिच प्रोफेसर यादवले जनमत पार्टी प्रवेश गरेका हुन।
उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।
प्रोफेसर यादवलाई पार्टीको सदस्यतासमेत प्रदान गरेको जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपक कुमार साहले बताए।
प्रोफेसर यादव मधेश प्रदेशका सिरहा जिल्ला निवासी हुन।