०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मिर्चैयाका युवा नेता अंजय साह जनमतमा प्रवेश, यस्तो छ उनको विगतको योगदान

Logo
newsmadhesh प्रकाशित शुक्रबार, साउन ०५, २०८०

जनकपुरधाम,५ साउन । मिर्चैयाका युवा नेता अंजय कुमार साह जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले उनलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पार्टीमा प्रवेश स्वागत गरेका हुन् ।

पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनी केही महिनाअघि मात्र जनता समाजवादी पार्टी, नेपालबाट अलग भएका थिए । जसपामा उनी केन्द्रीय नेता राजकिशोर यादवको निकट भएर काम गरेका थिए ।

यसबीचमा स्वतन्त्र रहेर राजनीतिक गतिविधि गर्दै आएका उनी अन्ततः आज मधेशमा वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीप्रति जनताको आकर्षण देखेर र अध्यक्ष डा. राउतको विचारबाट प्रभावित भएर आफू जनमतमा आएको साहले बताए ।

साह मिर्चैया खानेपानीका निर्वाचित अध्यक्ष पनि हुन् । उनी मिर्चैयाका मेयरसहित विभिन्न पार्टीले खडा गरेका प्यानलहरूलाई भारी मतान्तरले हराउँदै आफू नेतृत्वको सिंगो प्यानलसहित विजयी भएका थिए ।

मधेश आन्दोलनबाट राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनी पछिल्लो समय जनहितका विषयमा मिर्चैयामा निरन्तर संघर्ष र आन्दोलन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]