०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

स्वराज आन्दोलनका प्रथम सहिद ‘राममनोहर’को श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (फोटो फिचर )

Logo
प्रकाशित आइतबार, भाद्र १५, २०७६

काठमाडौ ।डा सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ।

गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमत पार्टीले सहिद राममनिहर यादवको सम्मान तथा सम्झना विभिन्न कार्यक्रम गरिएको छ।

सिरहाको गोलबजारमा जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवको नेतृत्वमा ८२ जना रक्तदान गरि श्रद्धाञ्जली कार्यक्रम मनाएको यादवे बताए।

त्यसैगरी काठमाडौँको माइतीघर मण्डलामा विद्यार्थी जनमत संघले श्रद्धाञ्जली सभा सम्पन्न भएको विद्यार्थी नेता विकाश प्रसाद लोधले जानकारी दिएको छ।

लोधका अनुसार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बबिता इसर,चन्दन सिंह,ई.दिपक साह,ई.राजदेव खर्गा,युवा नेता राजेन्द्र यादव,पि एम माझी ,मन्टु चौधरी ,विद्यार्थी नेता पोषण यादव,नवरत्न यादव लगाइतका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको उनले बताए।

त्यसैगरि धनुषा ,महोत्तरी ,सर्लाही ,रौतहट ,बारा,पर्सा ,बाके ,सप्तरी ,सुनसरी ,झापा,मोरङ ,नवलपरासी लगाइत मधेशका सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा सफलता पुर्वक सम्पन्न भएको पार्टीका संस्थापक तथा केन्द्रिय सदस्य सत्यनारायण मण्डलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]