०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

सबैला नगरपालिका : कार्यालयमा कुर्सीमै मस्त निन्द्रामा सुते कर्मचारी ( भिडियोसहित )

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन ०८, २०८०

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो ।

सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) राम सिंह मण्डल तथा कार्यालय सहयोगी राजेश्वरी यादव कार्यालय समयमा कुर्सीमै सुतिरहेको भिडियो प्राप्त भएको छ । इन्चार्ज मण्डल आफ्नो कार्यकक्षभित्र कुर्सीमै तथा कार्यालय सहयोगी यादव सेवाग्राहीलाई बस्न लाई राखिएको स्टील सोफामा सुतिरहेको भिडियोमा स्पष्ट हेर्न सकिन्छ ।

इन्चार्ज मण्डल त्यस नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक संजय मण्डल र सहसंयोजक रामदुलार यादवको नजिकको कर्मचारी मानिन्छन् । त्यस नगरपालिकामा पटक–पटक यस्तो लापरवाहीका गतिविधिहरु हुदै आएपनि मण्डल र यादवको नजिकका कर्मचारीलाई कसैले कुनै कारवाही गर्न सकेका छैनन् । स्रोतका अनुसार मण्डल र यादवले संरक्षण गरेको कर्मचारीले गल्ती गरेपनि कुनै प्रकारको कारवाही नहुनेमा ढुक्क रहन्छन् ।

त्यस नगरपालिकामा मेयर कारीराम यादव तथा उपमेयर रहिमा खातुन नेकपा माओवादी केन्द्रबाट निर्वाचित छन् । मेयर यादव माओवादी नेता मातृका प्रसाद यादवका भाई हुन् । तर त्यहाँ काँग्रेस र एमाले निकट कर्मचारीको हालीमुहाली देखिएको छ ।

संयोजक मण्डल र सहसंयोजक यादवका कारण नगरपालिका तथा मेयरको बदनामी भइरहे पनि नगरपालिका तथा मेयरको यसप्रति ध्यान गएको देखिदैन ।सबैला नगरपलिकाको स्वास्थ्य शाखामा बेथिति तथा अनियमितताको चाङ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]