जनकपुरधाम,११ साउन । गायक संतोष राज सहनी र गायिका सेलिना कुँवर जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बिहिबार काठमाडौँको बुद्धनगरस्थित जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलयमा एक कार्यक्रमबीच गायक संतोष राज सहनी र गायिका सेलिना कुँवरले पार्टी प्रवेश गरेका हुन् ।
उनि दुबैजनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको हो ।साथै,दुबैजनालाई पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरेका छन ।
गायक सहनी र गायिका कुँवर धनुषा जिल्लाको कमला नगरपालिका -२ निवासी हुन।