०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

जनकपुरको जानकीचौक घटना प्रती सिडियोलाई ध्यानाकर्षण गराउदै ,फोर्सले ज्ञापनपत्र बुझाए

Logo
प्रकाशित आइतबार, भाद्र १५, २०७६

जनकपुरधाम। गत बिहीबार जनकपुरको जानकीचोकमा प्रहरीले नरिवल बेच्ने युवक रोहित चौधरीसँग पैसा मागेको भिडियो खिचेका कारण युवा अभियन्ता सुशील कर्णमाथी प्रहरीले दुर्व्यवहार गरेको घटना प्रती ध्यानाकर्षण गराउदै।  युथ एक्सन फोर्सले सिडियोलाई आइतबार ज्ञापनपत्र बुझाएको छ।

युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको नेतृत्वमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेललाई जानकीचोकको घटना प्रति ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा प्रहरीले कुनैपनि युवा अगुवालाई कुटन मिल्ने कि न मिल्ने ? के समाजका लागि काम गर्दै आएका युवाहरूलाई प्रशासनसँग खतरा हुने हो कि ? के जनकपुरका युवा वर्ग प्रशासनसँग असुरक्षित छन कि ? लगायतका प्रश्नहरु समेत गरिएको छ ।
ज्ञापनपत्र बुझाउन गएका युवाहरुले उक्त घटनालाई अपराधिक तथा असामान्य घटना बुझियोस भनि कार्यको भत्सर्ना गर्दै न्यायको माग गरेका छन् ।

ज्ञापनपत्रमा ‘घटनाले नेपालको मूल कानुनलाई चुनौती दिंदै प्रहरी प्रशासनले राईट टु लिभ विथ डिग्निटी,राईट टु युथ,राईट टु युथ ईम्पावरमेन्ट जस्ता मानवअधिकारको हनन गरेको उल्लेख छ । घटनाबारे प्रशासनले निकालेको विज्ञप्तिसँग आफुहरूको चित्त नबुझेको भन्दै सो विज्ञप्ति त्रुटिपूर्ण रहेको युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाले बताए ।

सो घटना दुई समूहबिचको झै झगडा नभई प्रहरीद्वारा सुनियोजित रुपमा घटाईएको घटना रहेको र हामीलाई रक्षक प्रहरी नै भक्षक भएको महशुस हुन लागेकोले घटनाको सत्य तथ्य छानविन गरी दोषी प्रहरीमाथि कडा कारवाहीको माग समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]