०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बहुजन समाज पार्टी नेपालका पुर्व अध्यक्ष गंगा जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन २६, २०८०

जनकपुरधाम,२६ साउन।बहुजन समाज पार्टी नेपालका पुर्व राष्ट्रिय अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

शुक्रबार जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय काठमाडौंको बुद्धनगर पुगेर पुर्व अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गरेका हुन।

उहाँलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको हो।

साथै ,नव प्रवेशी नेता महरालाई जनमत पार्टीका अध्यक्ष डा.राउत र पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले स्वागत गर्दै अगामी राजनीतिक यात्रा सफल रहोस् भने शुभकामनासमेत दिएका हुन।

साथै,यसअघि लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष जिबछ साहले पनि जनमत पार्टी प्रवेश गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]