०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषामा विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

जनकपुरधाम ,२९ साउन । धनुषामा नेपाली कांग्रेस,नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरू जनमत पार्टिमा प्रवेश गरेका छन् ।

सोमबार जनमत पार्टीको जनकपुरधामस्थित रहेको सचिवालयमा एक कार्यक्रमबीच नेकपा एमाले हंसपुर नगरपालिका-८ का वडासचिव राकेश कुमार मण्डल,लोसपाका नेता शत्रुधन अधिकारी,नेपाली कांग्रेसका नेता लक्ष्मी कुमार यादव,मिथिला विहारी नगरपालिकाका युवा नेता श्यामकुमार यादवलगाईत विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गरेका हुन्।

नवप्रवेशी नेताकार्यकर्ताहरूलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज सुरेन्द्र कुमार मण्डलले अबिरको टिका लगाउदैँ पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेको हो ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य सत्यनारायण खंग ,केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डल,युवा जनमत संघ धनुषा अध्यक्ष देव महरा,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव,पार्टिका नेता साबिर हुसेनसहितका नेताको उपस्थितीमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]