०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौँ ,२९ साउन। नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन् ।

सोमवार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन् ।

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उनको भनाई थियो ।

मन्त्री साहले भनिन्, ‘सरकारी निकायको जति पनि काम कारबाही हुन्छ । यो संघीय मामिला मन्त्रालयको । आम नागरिकलाई सहज ढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौं ? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं । पार्टीको कुरा यसमा आएन । संविधान अनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं ? त्यसमा लाग्ने हो ।’

जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त भएकी हुन् । यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमनलाल मोदीलाई साउन २८ गते आईतवार (हिजो) मन्त्री पदबाट फिर्ता बोलाइएको थियो । जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]