०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

चर्चित संचारकर्मी सरिताश्री जनमत पार्टीमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ३०, २०८०

काठमाडौं ,३० साउन। संचारकर्मी सरिताश्री ज्ञवाली जनमत पार्टीमा प्रवेश गरेकी छन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा लगाएर स्वागत गरेका छ्न।

अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताए।

पार्टी प्रवेश गरेकी संचारकर्मी ज्ञवालीलाई अध्यक्ष डा.राउत र प्रवक्ता यादवले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]