०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

वडाध्यक्षमाथि कुटपिट गर्ने ७ जनालाई एमालेको कारबाही

Logo
भवानी भट्ट प्रकाशित मंगलबार, साउन ३०, २०८०

कञ्चनपुर ,३० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि आक्रमण गर्ने ७ जनालाई नेकपा एमाले जिल्ला कमिटीले कारबाही गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले आक्रमणमा संलग्न ७ जनालाई सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

वडाध्यक्ष रविन्द्र देवकोटामाथि आक्रमणमा संलग्न रहेको भन्दै कमल रोकाया, रमेश भट्ट, केशव चन्द, प्रबिन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

शनिबार युवा संघको अधिवेशनका क्रममा विवाद हुँदा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि आक्रमण भएको थियो ।

सख्त घाइते भएका देवकोटाको महेन्द्रनगरमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको थियो । धनगढीबाट पनि रिफर गरेर अहिले काठमाडौंमा उनको उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]