काठमाडौँ,३१ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
निगम व्यवस्थापन समितिको मङ्गलवार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मङ्गलवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।