०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छ : अध्यक्ष डा. राउत

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ३२, २०८०

काठमाडौँ,३२ साउन । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् ।

बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरू एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताएका हुन्।

उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याए ।

डा.राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताए । उनले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताए ।

उनले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]