०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवले आग्रह

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ३२, २०८०

जनकपुरधाम,३२ साउन । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’को विरुद्ध आन्दोलन गरिरहेका शिक्षकहरुलाई मधेशका शिक्षा तथा सामाजिक कल्याणमन्त्री महेश यादवले आफ्नो साथ रहेको बताएका छन् ।

प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले आन्दोलनमा आफ्नो साथ र समर्थन रहने बताए ।

उनले शिक्षा ऐन जनमुखी हुनुपर्ने बताए । ‘तपाईंहरु विश्वस्त हुनुस् । तपाईंहरुको धारणालाई समेटेर अगाडि बढ्छौं । तपाईंहरुले पनि आफ्नो भूमिका र दायित्व इमानदारीका साथ निर्वाह गर्नुहोला’, मन्त्री यादवले भने ।

शिक्षा क्षेत्रमा माफियाको ताण्डव रहेको भन्दै त्यसलाई तोड्न शिक्षकहरुसँग मन्त्री यादवले आग्रहसमेत गरे ।

प्रस्तावित विद्यालय शिक्षा ऐन विगतमा भएको ३०बुँदे र ५१ बुँदे सहमतिविपरीत आएको र त्यसमा २०७५ साल तथा त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने मागसमेत नसमेटिएकाले आफूहरु आन्दोलनमा उत्रिएको शिक्षकहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]