०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

सदनको अवरोध हटाउने प्रधानमन्त्री र सभामुखबीच छलफल

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं,१ भाद्र । संघीय संसद्‌मा जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दैछन्।

सभामुखले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा भेटेर संसद्‌मा जारी अवरोध र त्यसको समाधानका विषयमा छलफल गर्न लागेका हुन्। २ नेताबीच शुक्रबार बिहान ९ बजेपछि भेटवार्ता गर्ने तय भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर भित्रिएको तस्करीको ६० किलो सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा अवरोध पुर्‍याउँदै आएको छ।

एमालेको अवरोधका कारण साउन १० गते यता दुवै सदनका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्।

पछिल्लो समय सदनमा एमालेले गरिरहेको अवरोधसँग सभामुख घिमिरेको भूमिकालाई लिएर समेत प्रश्न उठ्ने गरेको छ। संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख घिमिरेको भूमिका निष्पक्ष नभएको र उनले दलीय (एमालेप्रति) पक्षधरता देखाएको भन्दै सार्वजनिक असन्तुष्टि जाहेर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]