०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

बलान बिहुलमामा पशु अस्पतालको शिलान्यास

Logo
लोकेन्द्र प्रसाद यादव प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

बोदे बर्साईन(सप्तरी)। सप्तरीको बलान बिहुल गाउँपालिका- १ मलहनियाँमा १२ कोठे पशु अस्पताल भवनको शिलान्यास गरिएको छ ।

पालिका अध्यक्ष खेमचन्द्र यादवले उक्त भवनको शुक्रबार शिलान्यास गरेको छ । बलान बिहुल गाउँपालिकाले ‘ ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना , आर्थिक कोरिडोर कार्यालय बर्दिवासको कार्यक्रम’ अन्तर्गत पशु अस्पतालको शिलान्यास गरेको हो ।

शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले तोकिएको समयभित्र भवन निर्माण सम्पन्न गरी पालिकाका किसानले प्रत्यक्ष लाभ लिन विश्वास व्यक्त गरे ।

२ करोड ३५ लाख ८५ हजार रुपैयाँको लागतमा पशु अस्पताल भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसयैतका अनुसार यो निर्माणाधीन पशु अस्पताल निर्माण यहि वर्ष सम्पन्न हुनेछ । पशु अस्पताल भवन निर्माण भएलगत्तै गाउँपालिकाले सेवा संचालनमा ल्याउन बताउनु भयो ।

बलान बिहुलले सुरु गरेको पशु अस्पताल बनेपछि बलान बिहुल सहित सुरुङ्गा नगरपालिका, बोदे बर्साईन नगरपालिका स्थानीय पशुपालका किसानले लाभ लिने बताएको छ ।

पशु अस्पताल निर्माण कार्यको ठेक्का आशिष पृथ्वीभी जे.भी काठमाण्डौले पाएको छ । वि.सं. २०८० जठ २८ गते सम्झौता अनुसार २०८१ असार १७ गते सम्मा भवनको निर्माण कार्य सकाई गाउँपालिकालाई हस्तान्तर गर्नु पर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]