०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

लोसपा कार्यालय खाली गर्न उर्दी

Logo
पत्रपत्रिका प्रकाशित सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ ।

लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस कर्मचारी मञ्चको हो ।

२०७१ सालमा सरकारले नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन तथा तराई मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी युनियनको कार्यालय राख्न एकएक रोपनी भोगाधिकार हुने गरी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त जग्गामा मधेसी कर्मचारी मञ्चले भवन बनाएको थियो । २०७४ सालमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि नयाँ पार्टीको कार्यालय मधेसी कर्मचारी मञ्चको सो भवनमा राखिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]