०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

डा सीके राउत नेतृत्वको पार्टीले १८ बुदे निर्णय ‘वरिष्ठ नेतृत्व मण्डल ’ गठन गर्ने तयारी

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

विरगंज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रिय समितिको बैठकबाट विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहरुको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ।

प्रदेश २ का पर्सा जिल्लाको बीरगंजमा मंगलबार भएको केन्द्रीय समिति बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको छ।

विगत ४ महिनाको कार्य प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी जनमत पार्टीका केन्द्रिय समितिले बिभिन्न १८ बुदे निर्णयहरु गरेका छन।

वरिष्ठ नेतृत्वहरुको पहिचान गरी पार्टीलाई जानकारी दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ।

यसैगरी, मधेश आन्दोलन तथा मधेशको विभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मान स्वरुप जनमत पार्टीले ‘मधेश नेतृत्व पुञ्ज’ गठनको निर्णय गरेको छ।

हरेक वर्ष मनाइँदै आएको रंगभेद विरुद्धको एकता दिवसको अवसरमा यस वर्ष काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय पनि जनमत पार्टीले गरेको छ।

जनमत पार्टीको केन्द्रिय समिति बैठकका निर्णयहरू

1. यही मिति २०७६ साल भाद्र १७ गते मंगलबार पर्सा जिल्लाको वीरगंजमा बसेको जनमत पार्टीको केन्द्रिय समितिको बैठकले विगत ४ महिनाको कार्य प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी यस बीचमा भएका संगठन विस्तार, राहत-उद्धार लगायतका सामाजिक कार्यहरू, देश विदेशमा सम्पन्न विभिन्न अन्तरक्रिया कार्यक्रमहरू, तथा वीर शहीद राममनोहर यादवको शहादत दिवसको अवसरमा यही भाद्र १५ गते विभिन्न जिल्लामा भव्यताका साथ सम्पन्न श्रद्धाञ्जलि कार्यक्रमका लागि सम्पूर्ण नेता, कार्यकर्ता तथा जनतालाई जनमत पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

2. कार्य समीक्षाको आधारमा आफ्नो जिल्लामा सबभन्दा उत्कृष्ट एवं तीव्र तवरले संगठन विस्तार गरेकोमा “Star Performer of the Quarter” सम्मान यसपालि सर्लाही जिल्ला (इन्चार्ज/के.स. नरेश कुशवाहा) लाई दिने निर्णय गरेको छ।

3. केन्द्रिय समितिलाई विस्तार गरी समितिमा पूर्ववत् शहीद राममनोहर यादवको परिवारबाट एक जना र गैर-आवासीय मधेशी संघका संस्थापक मध्येका श्री सुरेन्द्र नारायण यादव (सप्तरी, हाल कतार)लाई थप्ने निर्णय गरेको छ।

4. बारा जिल्लाको का. इन्चार्ज ओमप्रकाश साहलाई तोक्ने निर्णय गरेको छ।

5. के. स. बसन्त कुमार कुशवाहाको संयोजकत्वमा अन्तरराष्ट्रिय समन्वय समिति (विदेश विभाग) गठन तथा विस्तार गर्ने छलफल भए तापनि आगामी बैठकबाट गठन प्रक्रिया टुङ्याउने निर्णय गरेको छ।

6. जनमत पार्टी नियमावली – २०७५ सर्वसम्मतले पारित गरिनुका साथै जनमत पार्टीको विधानमा पार्टीको छोटकरी नाम (ज.पा.) तथा परिपत्रको व्यवस्था सम्बन्धी प्रावधान ल्याउने सहितका आवश्यक संशोधन पारित गरिएको छ।

7. जनमत पार्टीको सांगठनिक संरचना अनुसार केन्द्रिय स्तरमा रहेको “वरिष्ठ नेतृत्त्व मण्डल” को गठन गर्ने प्रक्रिया तदारुकताका साथ अगाडि बढाउने निर्णय गरेको छ। सोको लागि राजनैतिक तथा सामाजिक कार्यमा योगदान दिँदै आएका र जनमत पार्टीमा राम्रो योगदान दिन सक्ने ४५ वर्ष पुगेका नेतृत्त्वहरूलाई पहिचान गरी केन्द्रिय सदस्यहरूले सिफारिश पठाउनका लागि फारम सहित निर्देश दिइएको छ।

(फारमेटिंग त्रुटि)

9. त्यसैगरी जनमत पार्टीमा केन्द्रिय स्तरमा “मधेश नेतृत्त्व पुञ्‍ज” (Madhesh Leadership Galaxy) गठन गर्ने निर्णय गरिएको छ।यसको लागि मधेश आन्दोलन र मुद्दामा योगदान पुर्‍याएका आन्दोलनकारीहरू, समाजसेवीहरू, राजनीतिकर्मीहरू, मानवअधिकारकर्मीहरू सहितका नेतृत्त्वलाई पहिचान गरी केन्द्रिय सदस्यहरूले सिफारिश पठाउनका लागि फारम सहित निर्देश दिइएको छ।

10. साबिकमा हरेक वर्ष मंसीर १० गते मनाउँदै आएको “रंगभेद विरुद्ध एकता दिवस”को अवसरमा यसपालि २०७६ साल मंसीर १० गते मंगलबार जनमत पार्टीले काठमाडौंमा विभिन्न र्‍याली सहित जनसभा गर्ने निर्णय गरेको छ।सोको लागि हरेक जिल्लाबाट समेत सहयोग गर्ने निर्देश केन्द्रिय सदस्यहरूलाई दिइएको छ।

11. सांगठनिक कार्य समय-तालिका:

आश्विन ३० गते सम्म: सम्पूर्ण वडा समिति, गाउँपालिका/नगरपालिका समिति गठन

कार्तिक १ – ३० गते सम्म: जिल्ला समन्वय समितिको प्रथम पूर्ण बैठक (डा. सीके राउतको उपस्थितिमा)

मंसीर १० गते: काठमाडौंमा ‘रंगभेद विरुद्ध एकता दिवस’ को अवसरमा र्‍याली र जनसभा

मंसीर ८-१२ गते (अवधिमा): केन्द्रिय समितिको बैठक, काठमाडौं

मंसीर १५ गते देखि: जिल्लाहरूमा आमसभा

अहिले देखि कार्तिक १ गते सम्म: डा. सी. के. राउत सँग अन्तरक्रिया कार्यक्रम (विभिन्न जिल्लाहरूमा आन्दोलनकारी, समाजसेवी, बुद्धिजीवी, व्यापारी, पत्रकार, वकील, शिक्षक सहित विभिन्न पेशाकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम)

12. संगठन विस्तारको कार्यलाई तीव्र गतिमा व्यवस्थित तरीकाले अगाडि बढाउन केन्द्रिय समितिले दिएका निर्देशनहरू तदारुकताका साथ पालन तथा लागू गर्न, सदस्यता ठेलीहरू समयमै फिर्ता बुझाउन र गठन गरिएका समितिका विवरणहरू समयमै बुझाउन सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरिएको छ। केन्द्रिय समितिलाई विवरण प्राप्त न भएका समितिहरू मान्य हुने छैनन्। समिति गठनको माइन्यूट र विवरणहरू तथा अन्य जानकारीहरू [email protected] मा सीधै स्क्यान गरेर पठाउन सकिनेछ। सदस्यताका लागि पहिले प्रयोग गरिएका अभिरुची फारम/सदस्यता फारमहरू तत्कालै (इमेल द्वारा वा उपस्थित भएरै) जम्मा गर्न निर्देश दिइएको छ।

13. संगठनका सदस्यहरूले आफूले दिएको सदस्यता शुल्क र लेभीको सम्पूर्ण विवरण तथा सो केन्द्रिय कोषमा जम्मा भए/नभएको कुरा आफूले पाएको रसिदमा रहेको सदस्यता नं. र पिनकोड (पासवर्ड) प्रयोग गरी पार्टीको वेबसाइटमा “लग-इन” गरी चेक गर्न सक्नेछन्।साथै आफ्नो नाम, ठेगाना, फोन नं. सहितका विवरणहरू त्रुटिपूर्ण भए सो सच्याउन सक्नेछन्। सो सिस्टमको शीघ्र व्यवस्था गर्न निर्देश दिइएको छ।

14. विभिन्न जिल्लाहरूमा आयोजना हुने जनमत पार्टीका बैठकहरू, अन्तरक्रिया कार्यक्रमहरू, सभाहरू सहितका कार्यक्रमहरूको खर्च जिल्ला स्तरबाटै आयोजक समितिले व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ।

15. सदस्यता नवीकरणको प्रक्रिया २०७६ साल मंसीरमा मात्रै खुल्नेछ।आफ्नो नाम, ठेगाना, फोन नं. सहितका विवरणहरू त्रुटिपूर्ण भए नवीकरण गर्ने समयमा सदस्यहरूले सो सच्याउन सक्नेछन्।
16. पार्टीले चलानी नम्बर सहितका पत्र मात्रै काट्ने र काटेका सम्पूर्ण पत्रहरुको विवरण र सूची केन्द्रिय समितिमा सुरक्षित राख्न निर्देश दिइएको छ। जिल्लामा आधिकारिक रुपले समन्वय समिति गठन (२०७६ साल कार्तिक महिनामा) भए पछि मात्रै जिल्ला स्तरीय समितिहरूले आधिकारिक पत्र काट्न सक्नेछन्।

17. संगठनलाई चुस्तदुरुस्त बनाउन र काम गर्नेलाई प्रोत्साहित गर्न तथा पद/जिम्मेबारी लिएर काम नगर्ने र अनावश्यक विवाद एवम् गूटबंदी उत्पन्न गराउने प्रवृत्ति निरुत्साहित गर्न अनुगमन बढाउने तथा अनुशासनलाई कडाईका साथ पालन गराउने र आवश्यक परे कारबाही गर्ने निर्णय गरिएको छ।

18. केन्द्रिय समितिको बैठक सफलतापूर्वक सम्पन्न गरेकोमा जनमत पार्टी पर्सालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]