०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

दिल्लीमा डा.सीके राउतसँग भाजपा नेता चौथाइवालाको भेटवार्ता

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालासँग भेटवार्ता गरेका छन् ।

दिल्लीमा रहेका अध्यक्ष डा. राउतले भारतीय जनता पार्टीको कार्यालयमा गएर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश बीचको सम्बन्धलाई कसरी थप मजबुत बनाउने तथा पार्टी–पार्टी बीचको सम्बन्धलाई अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको डा.राउतसँग भ्रमणमा रहेका उपाध्यक्ष दीपक साहले जानकारी दिए ।

उनले भने, ‘यो अफिसियल भिजिट हो, दुई देशको सम्बन्धका साथै पार्टी–पार्टी बीचको सम्बन्धलाई अझै बलियो कसरी बनाउने भन्ने विषयमा कुराकानी भएको हो ।’ नेपाल–भारतको सम्बन्ध जनस्तरमा रहेकाले त्यसलाई अझै बलियो बनाउन दुवै पार्टीले आआफ्नो ठाउँबाट काम गर्ने विषयमा पनि कुराकानी भएको उनको भनाइ थियो ।

विदेश विभाग प्रमुख चौथाइबालेबाहेक अरु कसैसँग औपचारिक भेटघाट नरहेको बताउँदै उनले पार्टी निकट व्यक्तिहरूसँग भेटघाट गरी भोलि नेपाल फर्किने बताए ।

यसअघि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहेको बेला उनी जेठ १३ गते दिल्ली पुगेका थिए । त्यति बेला पनि चौथाइवालासँग भेटघाट गरेर फर्केका थिए ।

पछिल्लो समय जनमत पार्टीले भारतीय पक्षसँग सम्बन्ध बलियो बनाएको बताइएको छ ।

सङ्घीय सरकारदेखि मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टी सङ्घीय सरकारमा एउटा मन्त्रालय पाएको छ । पछिल्लो राजनीतिमा जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]