२६ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
×

वडाध्यक्ष साहलाई २ हजार जरिवाना

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

पर्सा । सडकमा फोहर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ ।

जथाभावी फोहर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वीरगन्ज-६ का वडाध्यक्ष जयप्रकाश साहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।

सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताए ।

यता, वडाध्यक्ष साहले भने आफूसँग राजनीतिक प्रतिशोध साँधिएको आराेप लगाएका छन् । साहले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण राख्दै घरमा राखिएको फोहर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनीतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताए ।

महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ सहर बनाउने उद्देश्यसहित महानगरपालिकाले गत पुसकाे दोस्रो सातादेखि सडक, पेटी, नाला वा खाली जग्गामा फोहर फाल्नेलाई जरिवाना गरी कारबाही गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]