०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

डा.सीके राउत भन्छन् – संसदमा गहन अध्ययन र बहसबिना विधेयकहरु पारित हुन्छन्

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताए।

उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन्। त्यो कसले बनाउँछ भन्दा, तपाईहरुलाई मबाट पनि धेरै आशा होला, हामी सांसद बनेर त्यही संसदमा मौज्जुद छौँ। हामी पनि केही गर्छौं की भनेर स्वभाविक हुन्छ, संसदीय व्यवस्थामा आशा गरिन्छ। हामीबाट पनि आशा गरिन्छ। म बहुत कम समयमा यो संसदप्रति वितृष्णा उत्पन्न भएको छ।’

उनले सबैले संसद ऐन, कानून निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाए। उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरु गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए।

उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरुले नदिने गरेको दाबी गरे। उनले संसदबाट धेरै आशा गर्न नसकिने बताए। उनले सचिवसँग निजामति ऐन माग्दा नदिएको गुनासो गरे।

अध्यक्ष राउतले शिक्षकलाई उचित पारिश्रमीक दिनुपर्ने र शिक्षा पेशालाई मर्याीदत बनाउनुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]