०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

असोज ३ गते संविधान जलाउने थरुहट थारुवानको घोषणा

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

धनगढी । असोज ३ गते संविधान जलाउने थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेका हुन । टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित मोर्चाका संयोजक लक्ष्मण थारुले घोषणा गरेका छन।

मोर्चाले जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसुची ४ जलाउने तयारी गरेको थारुले बताए । उनले टीकापुर सस्ममेलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै भने “हामी गैरलोकतान्त्रिक विधि अपनाउन चहान्दैनौं, शान्तिपूर्ण आन्दोलन गर्न चहान्छौं ।”

केन्द्रीय संयोजक थारुले भने, “सत्ता पक्ष थारुहरु यो सम्मेलन विथोल्न धेरै प्रयास गरे, धेरै भ्रम छरे जसले गर्दा टीकापुरका धेरै बासिन्दा सम्मेलनको दिन टीकापुर छोडेर बाहिर हिडे थिए ।” उनले थारुहरुको अधिकार प्राप्ति नहुन्जेलसम्म कुनै पार्टीमा प्रबेश नगर्ने बाचा गर्दै थरुहट पहिचानकोलागि १० वर्षसम्म आन्दोलन गर्न तयार रहेको बताए ।

पूर्वसभासद् तथा मोर्चाका केन्द्रीय सल्हकार कृष्णकुमार चौधरी राज्यको दमनसँगै थारुहरुको मुद्धा विरोधीहरुको कारण टीकापुर घटना पश्चात थारुहरु हत्तोत्साहित भएकै हुन् । थारुहरुको मुद्धालाई राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा स्थापित गर्नकोलागि पुन थारु, यूवा नेता, बुद्धिजीविहरु जुरमुराएका छन् ।

थारुहरु आफ्नो राजनीतिलाई धरापमा राखेर आन्दोलन आउनुपर्छ भन्न खोजेको होईन, तर जो जुन पार्टीमा छ थारुको अवाज त्यहि ठाउँमा बुलन्द गर्न आवश्यक छ । नेपालको ईतिहासमा हरेक मुद्धा तथा पछाडी पारिएकाहरुहरुलाई राज्य सत्ताको मूलधारमा आउन आन्दोलन बाहेकको विकल्प नरहेको बताए ।

त्यस्तै थरुहट नेता मोहन थारुले पार्टी भन्दापनि मुद्धालाई मध्यनजर गरेर सम्पूर्ण थारु एकताबद्ध हुनु जरुरी रहेको बताए । केही थारुहरु राजनीतिकरुपले आफू स्थापित भईसकेका छन् । उहाँहरुको कदर गर्दै अब थारुहरुको पहिचानको लागि आफ्नो पार्टी भित्रपनि थारुहरुको मुद्धाप्रति बहस चलाउन आग्रह गरे ।

राजबन्दी तथा थरुहट नेता राम प्रसाद थारुले थरुहट भूमिमा बसोबास गर्ने थारुहरु पहिचान सहितको आन्दोलनलाई निरन्तरता दिनको लागि मोर्चा गठन भएको छ । २०७२ सालमा थारुहरुको आन्दोलन उत्कृष्टमा पुगिसकेको थियो तर राज्यको घुसपैठमा टीकापुर घटना पश्चात आन्दोलन मत्थर भयो । अब पुन आन्दोलनलाई ब्यूझाउन मोर्चाको जन्म भईसकेको थारुको भनाई छ ।साभार: नेपालपाना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]