०२ जेठ २०८२, शुक्रबार
16-05-2025 , Fri
×

स्वतन्त्रता सेनानी नेपालीको निधन प्रती शिक्षा मन्त्री यादवद्वारा समवेदना प्रकट

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन प्रती समवेदना प्रकट गरेको छ।

वरिष्ठ पत्रकार नेपालीको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको शिक्षा मन्त्री यादवले बताएका छन् ।

उनले राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गरेको प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार नेपालीको शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका हुन ।

मन्त्री यादवले दु:ख व्यक्त गर्दै उनले मधेश एक सच्चा मार्गदर्शक गुमाएको बताए।उनले भने,’विभेदमा परेका मधेशीहरुसंग भएको भेदभाव र अन्यायविरुद्ध समेत उहाँले अग्र पंक्तिमा रहेर आवाज उठाएको हो।’

सोमबार राती ८:१० मिनेटमा वरिष्ठ पत्रकार नेपालीको निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]