जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका पूर्व मेयर रामबाबु यादव जनमत पार्टीमा प्रवेश गरेका छन्।
मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीका केन्द्रिय कार्यलयमा अध्यक्ष डा.सीके राउतसंग भेटेर लोसपाका नेता तथा पूर्व मेयर यादवले प्रवेश गरेका हुन। जनमत पार्टीका नेता तथा प्रदेश सांसद त्रिभुवन साहको विषेश प्रयासमा पूर्व मेयर यादवलाई पार्टी प्रवेश गरेको हो।
पूर्व मेयर यादवलाई अध्यक्ष डा.राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,पार्टीको सदस्यतासमेत नेता यादवलाई अध्यक्ष डा.राउतले प्रदान गरेका छन् ।
जनमतका नेताहरुको उपस्थित रहेको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।