०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

ललिता निवास जग्गा प्रकरण : १७ जनाको बयान पुरा

आइतबारदेखि थुनछेक बहस
Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र १६, २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ ।

बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो ।शुक्रबार घिमिरेको बयान सकिने जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताए । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

थुनामा रहेका प्रतिवादी

१. मिन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका संचालक

२. लोकहरी घिमिरे, कार्यालय प्रमुख समरजंग कम्पनी

३.गोपाल कार्की, अवकाश प्राप्त खरिदार

४. शिवजी भट्टराई, तत्कालीन वडा सचिव

५.घमान कुमारी कार्की, नापी सर्भेक्षक

६.बाबुराजा महर्जन, नक्कली मोही

७. देव नारायण महर्जन, मोही

८.ध्रुब प्रसाद अर्याल, नापी सर्भेक्षक

९. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत

१०. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत

११. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग

१२. बालकृष्ण श्रेष्ठ, सीडिई भौतिक योजना तथा निर्माण मन्त्रालय

१३. बिनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी

१४.केशव तुलाधर, बिचौलिया

१५. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग

१६. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत

१७. सञ्जय महर्जन, नक्कली मोही

१८. सकलानन्द महर्जन, नक्कली मोही

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]