२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायणको निधन,सिंगो गाउँनै शोकमा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १९, २०८०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा मंगलेश्वर महादेव मन्दिरको संस्थापक समाजसेवी डा.सत्यनारायण यादव भदिसवारको निधन भएको छ।

मंगलबार राती १२:४५ मिनेटमा अमिरेकामा आफ्नै निवासमा ६५ वर्षको उमेरमा डा.सत्यनारायण यादव भदिसवारको निधन भएको दिनेश भदिसवारले जानकारी दिए।

उनका अनुसार डा.सत्यनारायण ४० वर्षदेखि अमिरेकामा बस्दै आइरहेको थिए।उनले आफ्नै जन्मभुमी हठिपुरमा आफ्नो व्यक्तिगत लगानीमा आन्तरिक पर्यटनलाई लोभलाग्दो मंगलेश्वर महादेवको मन्दिर निर्माण गरेको हो।

डा.सत्यनारायणले आफ्नो गाउँमा मात्रै हैन्न,अरु कयौं स्थानमा महादेवको मन्दिरमा बनाएको हो।उनले गाउँका एक सय भन्दा बढी गरिब किसानका छोराछोरीलाई आर्थिक सहयोग गरेर डाक्टर इन्जिनियर बनाउन सफल भएको व्यक्ति हुनुहुन्छ डा.सत्यनारायण यादव भदिसवार ।

उनले आफ्नै बुबा किसुन भदिसवार र काकाको नाममा गाउँमै सामुदायिक विद्यालय समेत बनाएको हो।

डा.सत्यनारायणले देवोका देव महादेवको भक्तिमा करिब २५ वर्षदेखि लागेका थिए।

उनको एक छोरा र दुई छोरी रहेको हो।उनिहरु पनि अमिरेकामा बस्दै आइरहेको छ।डा.सत्यनारायणको अन्तिम संस्कार नेपाली समय ७ बजे बुधबार साँझ अमिरेकामा हुने उनको परिवारकै सदस्य दिनेश भदिसवारले जानकारी दिएको हो।उनको अन्तिम संस्कारको अमिरेकाबाट लाईभ जोडेर मंगलेश्वर महादेवको प्राङ्गणमा लाइभमार्फत गाउँबासीले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ।

डा.सत्यनारायण यादव भदिसवारको निधनको खबरले सिंगो गाउँनै शोकमा डुबेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]