०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

महोत्तरीमा नेपाल सेनाको गणभित्र एक महिला मृत अवस्थामा फेला

Logo
प्रकाशित शनिबार, भाद्र २१, २०७६

जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिकामा एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको छ।बर्दिवास नगरपालिका वडा नं. ८ स्थित बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गणभित्र शनिवार एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको हो।

मृतक महिलाको पहिचान खुल्न सकेका छैन् । अन्दाजी ३५ बर्षिकी ति महिलाको शरीरका बिभिन्न भागमा चोट लागेको देखिन्छ । रत्तश्राव समेत भएको अवस्थामा महिलाको शव शनिवार बिहानै नेपाली सेनाको टोली मोर्निङ वाक जाने क्रममा देखेको थियो।

सेनाले प्रहरीलाई खवर गरेपछि घटना स्थल पुगेर अनुसन्धान सुरु गरिएको बर्दिवास प्रहरीका प्रहरी निरीक्षक असोक कुमार शाहले जानकारी दिए । चोटपटक लागेको देखिएकाले हत्याको आशंका गरिएको छ।शव शंकास्पद हुन सक्ने भएकाले घटनाको अनुसन्धान भैरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]