२६ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
×

सप्तरीका चार पालिका हाँक्दै महिला

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् ।

सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुदा हालेपछि क्रमशः भीमराज यादव, आतेश सिंह यादव, जितेन्द्रप्रसाद गुप्ता र उमेशप्रसाद यादव निलम्बित अवस्थामा छन् ।

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । उनीहरू तीनै जना अख्तियारको कारबाहीमा परेपछि जसपा अहिले सप्तरीको स्थानीय तहमा निर्वाचित प्रमुखविहीन बनेको छ ।

यस्तै, जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकीकृत समाजवादीका जितेन्द्र गुप्ता पनि अख्तियारको कारबाहीका कारण निलम्बनमा परेपछि ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ ।

राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परविन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणुकुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिताकुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणुकुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका हाँकिरहेका छन् । नगरप्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछि ती चारै पालिकाको नेतृत्व गर्ने अवसर अहिले महिलाले पाएका हुन् ।

समयक्रममा आफूहरूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको उनीहरूको भनाइ छ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन भन्छिन्, ‘नयाँ जिम्मेवारीले दैनिकी बदलिएको छ, अहिले उपसँगै प्रमुखको पनि दोहरो भूमिका र जिम्मेवारी थपिएको छ । उनले क्षमताले भ्याएसम्म कुशलतापूर्वक काम गरिरहेको बताइन् ।

विष्णुपुर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले एक्कासि नसोचेको पदको जिम्मेवारी प्राप्त भएको बताउँदै सबैको साथ र सहयोग लिएर इमानदारीका साथ अघि बढेको बताइन् ।

सप्तरीको १८ पालिकामध्ये गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सर्वाधिक ५ पालिकामा प्रमुख पद जित हात पारेको छ ।

यस्तै, जसपा, लोसपा र एमालेले तीन÷तीन, जनमतले दुई तथा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले एक÷एक प्रमुख पदमा जित हात पारेको छ ।-राजधानी दैनिक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]