जनकपुरधाम ।मधेश प्रदेशका राजधानी जनकपुरधाममा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका समाजसेवी युगल किशोर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छ्न।
आइतबार राती समाजसेवी चौधरी नेपाल सरकारका संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहको जनकपुरधामस्थित निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन।
उनलाई मन्त्री साहले फुलमला र टीका लगाएर पार्टीमा स्वागत गर्दै मन्त्री साहले पार्टीको सदस्यतासमेत प्रदान गरेको हो।
समाजसेवी चौधरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ निवासी हुन।