०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बारामा ३१ सदस्यीय विद्यार्थी जनमत संघ गठन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ।

जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी विद्यार्थी जनमत संघ बारा कमिटी गठन गरेका छन ।

मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेस प्रसाद यादव ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह,सुनिल यादव,रौशन खातुन , केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल, केन्द्रीय सदस्य विजय गुप्ता, कार्तिकदेव पाण्डे, राजु साह,लक्षमीकान्त गुप्ता, मधेस प्रदेश समिति सदस्य गजानन्द यादव,संतोष पटेल, रामाशंकर कुशवाहा, नेता तेजबहादुर भगत, युवा जनमत संघ बाराका संयोजक विकास सिंह, महिला जनमत संघ बाराका संयोजक अमृता कुमारी भगत, सह-संयोजक शान्ता कुशवाहा, महिला नेतृ शुष्मा यादव लगायतका नेताहरुको प्रमुख उपस्थिति रहेको थियो ।

विद्यार्थी जनमत संघ बाराका संयोजक संजय साह सर्राफको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन राजकुमार कुशवाहा ज्युले गर्नुभएको थियो । उक्त कार्यक्रम समापन पछि जिर्ण तथा दयनीय अवस्थामा रहेको कलैयाको सबै भन्दा पुरानो विद्यालय श्री ३ चन्द्र विद्यालयमा मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेश प्र. यादव ज्यूले अनुगमन समेत गर्नु भयो ।

अनुगमन पछि मन्त्रीले यो विद्यालय श्री ३ चन्द्र सरकारको पालामा निर्माण भएको र यस विद्यालयबाट ठुल-ठुला दक्ष जनशक्ति उत्पादन भएकोले र यस्ता विद्यालय ऐतिहासिक सम्पदा पनि भएकोले यसको संरक्षण र सम्बर्द्धन जरुरी रहेको छ । यसको लागि हामी काम गरीरहेका छौं । कलैयामा रहेको श्री ३ चन्द्र विद्यालयलाई नमुना विद्यालयमा पार्ने प्रयास गर्नेछु भन्ने कुरा प्रतिबद्धता गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]