०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

असोज ३ गते संविधान दिवस होईन, कालो दिवस मनाउछु: प्रशान्त झा

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाले असोज ३ गते संविधान दिवस होईन कालो दिवस मनाउछु उनले लेखेको विचार तल राखिएको छ।

बहुमतको आडमा मुलुकको आधी जनसंख्या भएको मधेसीको भावनालाई कुल्चेर तराईमा नेपाली सेना, प्रहरी परिचालन गरी बहुमतको आडमा निर्मित संविधानले सबैको भावना समेट्न सकिदैन तबसम्म हामी संविधान दिवसको दिन कालो दिवस मनाउँदै रहन्छौं ।

मधेसी जनताको बलिदानी र संघर्षका कारण नेपालको अन्तरिक संविधान, २०६३ मा सुनिश्चित भईसकेको अधिकारलाई समेत कटौती गर्दै २०७२ सालमा नेपालको संविधान लेखनको कार्य भईरहेको थियो । त्यतिबेला हामी आफ्नो हक अधिकार सुनिश्चितताका लागि सडकमा संघर्षरत थियौं तर सेना पुलिसले बन्दुकको बलमा हामीलाई दबाउन सफल भए, । फलस्वरुप हामी मधेशी जनताको भावना विपरित संविधान जारी हुनबाट रोक्न असफल भयौँ । त्यसैले अधुरो,अपुरो र विभेदकारी संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि हामीलाई दुगुणा जोश र उमंगका साथ लडिरहनुपर्छ ।

२०७२ सालमा संविधान निर्माण भईरहेको बेला हामीले यो संविधानमा नयाँ होईन अन्तरिम संविधानले मधेशी जनताको ग्यारेन्टी गरेको अधिकार लेखाउनको हामी सडकमा जिबन मरनको लडाइ लड्दै थियौँ । उता संविधान निर्माणको उत्सवमा काठमाडौँमा दिपावली मनाई रहँदा हाम्रा दाजुभाई खोसिएको अधिकार पुनः प्राप्तिका लागि शान्तिपूर्ण रुपले सडकमा आन्दोलन गरिरहेका थियौँ, जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हाम्रा दाजुभाइको टाउको र छातीमा गोलि ठोकेर हत्या गर्दै थिए । यो संविधान पुर्णतः बन्दुकको नालमा लादिएको संविधान हो त्यसैले संविधान दिवसको दिन संविधानको बिरोध गरौं ।
नेपाल प्रहरीद्वारा हत्या भएको हाम्रा दाजुभाइको लास लिन सिडियो सँग बिन्ती गर्दै थियौँ, उता काठमाडौंमा मधेस बिरोधि राजनीति दलका नेताहरु फट्ट्का पड्काउदै उत्सव मनाउदै थिए । हाम्रो मधेसको भुमि मधेसी पुत्रको रगतले रंगीएको थिए भने संविधान निर्माणको खुसीमा काठमाडौं रंग अबिरले रंगिएको थिए ।
देशको मुल कानुन भनिने संविधान बहुमतको दम्भ भन्दा नि सबै समुदायको भावनाले निर्माण हुनुपर्ने थियो । तर देशका ठुला राजनीतिक दल गणितीय खेलमा सिङ्गो समुदायलाई नजरअन्दाज गरि असोज ३ गते संविधान जारी गरे र हरेक साल असोज ३ गते सर्बजनिक बिदा दिएर संविधान दिवस मनाउन थाले । तर हामी जून समुदाय सँग जोडिएको छौं, त्यो समुदाय असोज ३ गते काँधमा लास बोकेर दाहसंस्कार गर्न गइरहेको थिए । जून उदेश्यका लागि हाम्रो दर्जनौं दाजुभाइ आफ्ना प्राण गुमाए त्यो उदेश्य पुरा नहुन्जेलसम्म कसरी संविधान दिवस मनाउन सक्छौं ?
हाम्रो बाजेबुवा पनि बराबरीको अधिकारको लागि राज्य सँग लडेकै थिए । हामी पनि यो संविधान निर्माण प्रक्रिया देखि लड्दै आएको छौँ । हामी अधिकार प्राप्तिको लडाइँको अन्तिम निर्णय सम्म पु¥याउन सकेनौँ भने आउने पुस्ताले भएपनि लडेर गुलामीको दस्ता तोड्ने छ ।

लेखक : प्रशान्त झा जनकपुरधाम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]