०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

विप्लव नेतृत्वको नेकपाका २ जना विद्यार्थी नेता पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

काठमाडौ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना विद्यार्थी नेतालाई प्रहरीले बैतडीबाट नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका नेता ध्वनी धामी र खगराज नेपाली रहेका छन्। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–६ धौलिढुंगास्थित लटिनाथ आधारभूत विद्यालयबाट नियन्त्रणमा लिएको जनाएको छ। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले बताए।

उनीहरुलाई थप अनुसन्धानका लागि बैतडी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी छानबिन भइरहेको उनले बताए। अखिल क्रान्तिकारीले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खाजेको भन्दै विरोध गरेको छ। अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। समितिका संयोजक विरेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै बिना सर्त रिहाइ गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]