०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

केटीको लफडामा राराब क्याम्पस सभापति मनिष यादव रातभर थुनामा

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आश्विन २५, २०८०

जनकपुरधाम । जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष यादव रातभर थुनामा परेका छन् ।

बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको लफडामा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।

स्रोतका अनुसार डान्सबारमा केटीको विषयमा लफडा भएपछि संचालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो । बाहिर भएपछि झडप नै भएको र दुबै पक्षका एक/एक जना घाइते भएका छन् ।

झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी पुगेर सभापति यादवसहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

इप्रका ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले चोकमा दुई पक्षबीच झडप भएको बताए । झडपमा दुई जना घाइते भएको र सोही क्रममा सभापति यादवलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीले सभापति यादवलाई रातभर थुनामा राखेर आज विहान छाडिएको छ । प्रहरी निरीक्षक साहले दुबै पक्ष छलफल गरी विवाद मिलाउन सहमती गरेपछि आज विहान सभापति यादवलाई छाडिएको बताए ।

यादव नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाट स्ववियू सभापतिमा निर्वाचित भएका हुन् ।उनले आफू पक्राउ नपरेको र बदनाम गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]