०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेस प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन नियुक्त

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन ३०, २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साह नियुक्त भएका छन् । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका छन् ।

करिब एक दशक बढी समयदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा.साह जवाहर लाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । उनी हाल मार्टिन चौतारीमा आवद्ध भएर अध्ययन अनुसन्धानको काम गर्दै आएका थिए ।

मधेस प्रदेश सरकारले पहिलो पटक सार्वजनिक गरेको मधेस प्रदेश सरकारको आर्थिक सर्वेक्षण उनकै सहयोगमा अर्थ मन्त्रालयले तयार पारेको थियो । यसका साथ साथै डा. साह मधेसको शिक्षा सुधार अभियन्ताको रुपमा समेत चिनिन्छन् ।

प्राविधिक धारको उच्च शिक्षा प्रदान गर्ने जनकपुर कम्युनिटी कलेको संस्थापक प्रिन्सिपल समेत उनी हुन् । केहीअघि मात्रै उनले सम्पादन गरेको मधेश प्रदेशमा पैदल अनुसन्धान नामक पुस्तक सार्वजनिक भएको छ । जुन पुस्तकमा मधेशको वास्तविकता झल्काईएको छ ।
अध्ययन अनुसन्धानको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका योजना आयोगको सदस्यमा नियुक्त डा. साहले प्रदेशको विकासबारे योजना बनाउन तथा प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा काम गर्नेछ ।

बौद्धिक र इमान्दार छवि बनाएका डा. साहले प्रदेशको शैक्षिक सुधार आफ्नो प्राथमिकताको विषय भएको बताएका छन् । देशको सबैभन्दा विकट मानिने कर्णाली प्रदेश भन्दा पनि कम साक्षरता दर रहेको मधेस प्रदेश सरकारलाई मुख्य चुनौतीको रुपमा रहेको साक्षरता अभियानलाई योजनाबद्ध ढंगले सघाउने बताए । साक्षता दर बढाउन नीति अनुसन्धानको मुख्य भूमिका रहने भएको हुँदा यसलाई मुख्य प्राथमिकता राखी अगाडी बढ्ने डा. साहले बताए ।

यस्तै विशेष गरी प्रदेश सरकारको आर्थिक अनुसन्धानको पोर्टफोलियोलाई अगाडी बढाउनेमा प्रतिबद्ध रहने बताए । सूचना तथ्यांकको आधारमा नीति बढाउने कुरामा समेत जोड दिने उनको योजना छ ।

प्रदेशका मुख्यमन्त्री अध्यक्ष रहने गरी बढीमा ८ सदस्य आयोगका सदस्यमा मध्ये उनी तेश्रो सदस्यको रुपमा नियुक्त भएका हुन् । यसअघि आयोगको उपाध्यक्षमा नथुराम चौधरी, डा.हरिशंकर प्रसाद साह र शिला मिश्रलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]