०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

गृह मन्त्रालयले आरतीका परिवारलाई छलफल गर्न बोलायो

Logo
न्यूज मधेश प्रकाशित सोमबार, कार्तिक २०, २०८०

काठमाडौं । आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका परिवारजनलाई गृह मन्त्रालयले छलफल गर्न बोलाएको छ ।

आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

उनका अनुसार साहको तर्फबाट आधिकारिक प्रतिनिधि तोकी निष्कर्षसहित घर फर्कने वातावरण तयार गर्न मन्त्रालयमा छलफल गर्न बोलाइएको हो । आरतीको न्यायका लागि यसअघि पनि गृह मन्त्रालयमा वार्ता तथा छलफल भएको थियो ।

घटनाप्रति मन्त्रालयको गम्भीर चासो रहेको, सत्यतथ्य छानबिन गरिएको र केही विषय सम्बोधनसमेत भएको प्रेस सल्लाहकार गिरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]