०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषाका एसपी विश्वराज खड्कालाई तानिए

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्कालाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धान विभागमा काजसरुवा गरेको छ । आरती साहको रहस्यमय मृत्युका बारेमा धनुषाका प्रहरी प्रमुख खड्काको भूमिकाका बारेमा धेरै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।

जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार चार महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।

जनकपुर उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको २०७९ जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि उनका माइती पक्ष काठमाडौंमै आएर अनसन छन् । जनकपुरमा न्याय पाउने आश आशा मरेपछि २०७९ असार १ गतेदेखि आन्दोलनमा छन् । आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौंमा दबाबह दिनका लागि आएका थिए । तर आन्दोलन गर्दा उल्टै दमन भएपछि अनसन बसेका छन् ।

आरतीको हत्यामा उनकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नता रहेको भन्दै उनीहरुविरुद्ध माइत पक्षले ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

हालै एक बिवादमा जनमत पार्टीका कार्यकर्तालाई अनावश्यक दुःख दिएका कारण पनि उनलाई काजमा तानिएको प्रहरी स्रोतले बताएको छ ।

धनुषाका एसपी खड्का आर्थिक मामिलामा पनि निकै विवादमा परे । उनले सई बब्लुकुमार ठाकुरलाई घुमुवाको इन्चार्ज बनाएर क्रसर, तस्करहरुसँग असुली गर्न लगाएको आरोप पनि लाग्दैआएको छ । उनी २०७९ पुस ११ मा जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए ।

खड्का तानिए पनि नयाँ एसपी भने प्रहरी प्रधान कार्यालयले खटाएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]