०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाको गोबराहीमा सुँगुरलाई पशुले मार्न लगाएर ‘हुराहुरी’ मनाइयो

Logo
बिपिन यादव प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

जनकपुरधाम । सुँगुरलाई पशुले मार्न लगाएर धनुषाको विदेह नगरपालिका-३ गोबराहीमा ‘हुराहुरी’ मनाइएको छ ।

सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बाजा बजाइन्छ ।

लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ‘हुराहुरी’ मनाइन्छ । विगतमा प्रायः गाउँमा ‘हुराहुरी’ मनाइन्थ्यो । तर पछिल्लो समय लोप हुन लागेपनि विदेह नगरपालिका-३ गोबराहीका स्थानीय काशीनाथ बिराजीले ‘हुराहुरी’ लाई निरन्तरता दिए ।

उनले ५ हजार रुपैयाँमा एउटा सुँगुर किनेर ‘हुराहुरी’ खुल्ला चौरमा आयोजना गरे । उक्त सुँगुरलाई डोरीमा बाँधेर पशु चौपायाबाट मार्न लगाए । सुगुरलाई मार्न गाउँका सयौं व्यक्ति गाई, गोरु र भैंसी लिएर पुगेका थिए ।

खुल्ला चौरमा सुँसुरलाई गाई, भैंसी र गोरुले लखेटी लखेटी मार्दा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए । तर माया कसैलाई लागेनन्, बरु उनीहरु यसलाई मनोरञ्जनको रुपमा लिए ।

स्थानीय काशीनाथ बिराजी (मोलहा) का अनुसार सुँगुरलाई गाई/भैंसीले मारेको छ । सुँगुरको मत्यूपछि डोम समुदायका व्यक्तिलाई सुम्पिएको छ ।

स्थानीय काशीनाथ बिराजीले ‘हुराहुरी’ सदियौंदेखि मनाइने परम्परा भएको भन्दै हरेक वर्ष जस्तै यो आज पनि ‘हुराहुरी’ मनाएको बताए ।

हुराहुरी मनाउँदा पशु चौपायालाई कुनै रोग नलाग्ने जनविश्वास छ । तर परम्पराको नाममा एउटा पशु (सुँगुर) लाई अर्को पशुबाट हत्या गर्न लगाउनु गलत भएको धेरैले गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]