०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्छ : सचिव यादव

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

रुपन्देही । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् ।

उनले मेला-महोत्सव मनोरञ्जनका लागि मात्रै नभइ यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ६ गतेदेखि सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को सोमबार समापन कार्यक्रममा सचिव यादवले महोत्सवले देशको विकासमा पनि सहयोग पुग्ने बताए ।

उनले उद्योग व्यापार संगठन, रुपन्देहीले विषम परिस्थितिमा मेलाको आयोजना गरेको बताए । उनले भने, ‘उद्योगी–व्यवसायी पीडित छन् । उद्योग व्यवसाय सञ्चालन गर्न ग्राहो भइरहेको छ । समस्या समाधानका लागि सम्बन्धित निकायमा धाइरहेका छन् । तर, सम्बन्धित निकाय मौन छन् । सरकार मौन छ। ’

उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार समेत रहेका यादवले मेला–महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । महोत्सवले राम्रो सन्देश दिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]