०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

अधिवेशनको जिम्मेवारी पुरा नगर्नेहरु उम्मेदवार हुन नपाउने : जनमत पार्टी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

काठमाडौँ । जनमत पार्टीले पार्टीको अधिवेशनमा तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्तालाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने निर्णय गरेको छ।

मंसिर १५ गतेदेखि जनमत पार्टीको वडादेखि प्रदेश समितिसम्मको अधिवेशन सुरु भएको छ।

पार्टीका सचिव बीपी साहले भने ‘पार्टीको वडा अधिवेशनमा पार्टी निर्देशिका अनुसार तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्ताहरु पार्टीको कुनै पनि तहको अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन्। उहाँहरू कुनै तहको आम निर्वाचनमा पनि उम्मेदवार हुन अयोग्य हुन सक्ने निर्णय पार्टी सचिवालयले गरेको छ।’

जनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकेको छ । माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ जिल्ला अधिवेशनको घोषणा गरिएको उनले जानकारी दिए । २०८१ बैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशनको कार्यक्रम रहेको सचिव साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]