०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

रामकिशोर मण्डलले जनकपुरधाममा खोल्यो ‘सेन्टरमार्ट’

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

जनकपुरधाम । जनकपुरधामको कदम चौक देखि गंगसगर पोखरी जाने बाटोमा करीब एक करोड़ रूपैयाको लागतमा ‘सेन्टरमार्ट’ संचालनमा आएको छ ।

शुक्रवार पूजापाठ गरेर आफ्नै परिवारका जयेष्ठ अभिभावकद्वारा रिबन काट्न लगाएर धनुषाका एक युवकले मार्ट संचालनमा ल्याएका हुन ।

धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका-३ स्थायी घर भई विगत केहि वर्ष देखी जनकपुरधाम बसोबास गर्दै आएका रामकिशोर मण्डलले आज देखी मार्ट संचालनमा ल्याएका हुन । मण्डल केहि वर्ष पूर्व वैदेशिक रोजगारीमा रहेको र अब आफ्नै गाउ ठाउमा व्यवसायी गरेर बस्ने निर्णय अनुसार मार्ट खोलेको बताए ।

उनले भने, एक्कै ठाउमा सबै घरायसी समानहरू भेटोस र समयको पनि वचत होस भन्ने उदेश्य सहित एक करोड़ भन्दा बढ़ी लगानी गरेर आफ्नै मार्ट संचालनमा कदमचौकमा ल्याएको छु । ग्रॉसरी सामग्री, होम अप्लाइएन्सेज र कॉस्मेटिक सामग्री सहित पाउंने एक्कै थलो सेंटर मार्ट नामकरण गरेर संचालनमा ल्याईईएको मंडलको तर्क छ ।

उनले अब घरायसी र किचनहरुको सामग्री फरक फरक स्थान बाट ल्याउन जानु पर्ने अवस्थाको जनकपुरधाममा अन्त गर्ने उदेश्य सहित आफुले मार्ट संचालनमा ल्याएको बताए । मार्ट सँगै ऊनि निकट भविस्य मैं आफ्नै सुविधा सम्पन्न फैमिली रेस्टुरेंट समेत संचालनमा ल्याउन लागेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]