२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

ठगी आरोपमा वडासदस्यसहित चार पक्राउ

Logo
न्यूज मधेश प्रकाशित आइतबार, मंसिर २४, २०८०

काठमाडौं । ठगी आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका– ६ का सदस्यसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

आरोपीहरूले फेवाताल किनारको फुट–ट्र्याकमा फोटोग्राफी व्यवसाय गर्ने व्यवस्था मिलाइदिन्छु भन्दै १५ जनाबाट प्रतिव्यक्ति १३ हजार रुपैयाँ लिएको भनी पीडितहरूले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]