०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

Logo
मनोज कुमार मोरबैता प्रकाशित आइतबार, मंसिर २४, २०८०

जनकपुरधाम । संघीय मामिला तथा सामान्य मन्त्रालयले धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । दुबै अधिकृत आइतबार आ-आफ्नो पालिकामा हाजिर भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहकै गृह जिल्लाको दुई पालिकामा नयाँ अधिकृत पठाएपछि मन्त्री साह र जनमत पार्टीको प्रशंसा स्थानीयहरुले गरिरहेका छ्न ।

मन्त्रालयले आइतबार सिकिन्द्र प्रसाद साहलाई विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनलाई आइतबार नै मेयर बेचन दासले हाजिर गराएका हुन् ।

उक्त नगरपालिकामा विगत लामो समयदेखि ईन्जिनियर संजिव कुमार साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । ईन्जिनियर साहको आजबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको छ ।

त्यसैगरी सर्वजित कुमार झालाई जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयले पठाएको छ ।झालाई जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गमछा लगाउदै स्वागत गरेका हुन ।

यो पालिकामा पनि स्वास्थ्यका कर्मचारी अयोधी दासले पनि करिब ५ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आइरहेका थिए ।उनलाई पनि निमित्त अधिकृतको जिम्मेवारीबाट हटाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]