०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषा आउँदै आज देउवा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर २५, २०८०

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज धनुषाको औरही गाउँपालिकामा आउने भएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण गर्न उनी औरही आउन लागेको जनाइएको छ ।

औरही गाउँपालिका–४ मा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन सभापति देउवा एक बजे हेलिकप्टरबाट औरहीमै आउने कार्यक्रम रहेको नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले जानकारी दिएका छन् ।

सभापतिको अन्य कुनै कार्यक्रम नरहेको जानकारी दिँदै उपसभापति झाले धनुषा जिल्लाका सम्पूर्ण नेपाली कांग्रेसका सदस्यहरुलाई औरहीमा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

उनी संगै नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि लागयतका नेताहरु कार्यक्रममा सहभागी हुने उपसभापति झाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]