०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मन्त्री सिंहद्वारा बारामा यातायात कार्यलयको उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर २५, २०८०

बारा । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले आज बारामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री सिंहले जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरेको कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि बनाउन कानुन बनाउन लागेको उनले बताए ।

उनले ब्लुबुक पनि सधैं लागि एकै पटक रिनिवल हुने नेपालमा ब्यवस्था लागू गर्न पहल गरिरहेको मन्त्री सिंहले भने । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हुलाकी राजमार्गमा मधेश परिवहन बस चलाउने योजनासमेत रहेको मन्त्री सिंह्ले बताए ।

मधेसको लाईफ लाईन हुलाकी राजमार्ग को लागि छिटै मधेस परिवहन बिधेक लग्ने मन्त्री सिंहले बताएका छन । यातायात ब्यवस्था कार्यालयको सबै कार्य अनलाइन गरिने मन्त्री सिंहले जनाए ।

यसभन्दा अगाडि सर्लाहीको मलंगवामा समेत यातायात व्यवस्था कार्यलय संचालनमा ल्याएको मन्त्री सिंहले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]