२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

जनकपुरधाममा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मुर्ति बनाइँदै (तस्बिरहरू)

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर २६, २०८०

जनकपुरधाम।सिताराम विवाह महोत्सव अर्थात विवाह पंञ्चमीको अवसरमा जनकपुरमा पहिलोपटक अन्नबाट ११ हजार ११ स्क्वायर फिटको प्रतिमा (मूर्ति) बनाउन लागेका छन् ।

जनकपुरधामको बाह्रबिघा मैदानमा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मुर्ति बनाउन लागिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का शितल साहले जानकारी दिए ।

उनका अनुसार मंसिर २४ गते बाह्रबिघाको उत्तर पूर्व कुनामा अन्नको मुर्ति बनाउन थालिएको हो । मुर्ति तयारी गर्न अझै दुईतीन लाग्न सक्छ । जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वभर चिनाउन र कीर्तिमान कायम गर्न अन्नको मूर्ति बनाउन लागिएको अध्यक्ष साहले बताए ।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्ति बनाएर विश्व रेकर्ड बनाइएको थियो । जनकपुरमा ११ हजार ११ स्क्वायर फिट मुर्ति बन्नेसँगै विश्वमै सबै भन्दा ठुलो अन्नको मुर्ति बनाउने कीर्तिमान जनकपुरको नाममा हुनेछ ।

मुर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन् ।

‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने । सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ ।’

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष,उद्योग वाणिज्य सङ्घ र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ ।

साताव्यापी मनाउने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर (गंगासागर पोखरी घाटमा)मा गरिनेछ ।

छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम भएपछि विवाह पंञ्चमी सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]