२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

नेपालकै इतिहासमा पहिलो पटक मधेसी समुदायबाट बन्ने प्रशासन महाशाखाको प्रमुख रामकुमार

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर २७, २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

जनमत पार्टीबाट मन्त्री अनिता देवी साहले आइतवार कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित स्थानीय तह क्षमता विकास र संघीय मामिला महाशाखा प्रमुखहरूलाई अदली बदली गरेकी हुन् ।

मन्त्री साहले स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख राम कुमार महतोलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएकी छिन् भने त्यहाँका सुमन दाहाललाई संघीय मामिला महाशाखामा पठाइएको छ । संघीय मामिला महाशाखा प्रमुख डा. नारायण रेग्मी महतोको ठाउँमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखमा खटाइएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा शक्तिशाली र महत्त्वपूर्ण मानिन्छ । कर्मचारी सरुवामा महत्त्वपूर्ण भूमिका रहने भएकै कारण सामान्य प्रशासन मन्त्रालयको प्रशासन कर्मचारी महाशाखाको प्रमुख नेपालको इतिहासमा पहिलो पटक मधेसी समुदायबाट जनमत पार्टीकी मन्त्री अनिता साहले सहसचिव राम कुमार महतोलाई बनाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]