२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

सिरहामा खाना बनाउन गएकी १४ वर्षीय बालिकालाई शिक्षकले गरे बलात्कार

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, मंसिर २९, २०८०

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित एक बोर्डिङ स्कूलको होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् ।

रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने एक महिलाकी १४ वर्षीया छोरीलाई बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । उनी आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी थिइन् । घटनापछि शिक्षक यादव भागेका छन् ।

बालिकाले राति नै आमालाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । आज एकाबिहानै उनकी आमा स्कूल पुग्दा शिक्षक यादव फरार भइसकेका थिए ।

स्कूलका सञ्चालक सञ्जय यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बताइएको छ ।

सञ्चालकको दबाबको बाबजुद पीडितकी दिदीले भनिन्, ‘शिक्षकले ठूलो अपराध गरेका छन् ‌। म न्यायका लागि लड्छु । कसैको दबाबमा पर्दैनौं ।’

पीडित बालिका सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छिन् । घरमा कामले फूर्सद् नभएपछि आमाले नै उनलाई स्कूलको होस्टलमा गएर एक दिनका लागि खाना पकाइदिन पठाएकी थिइन् ।

बलात्कार आरोपी शिक्षक यादव सिरहा नगरपालिका १७ पटेर्वाका छन् । घटनापछि स्कूल सञ्चालकले नै शिक्षकलाई भगाएको बालिकाको आफन्तको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]