०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरधाममा १ सय १ क्विन्टल अन्नबाट निर्माण गरियो सीतारामको प्रतिमा

Logo
न्यूजमधेश प्रकाशित शनिबार, मंसिर ३०, २०८०

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ।

यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका हुन्। कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन्।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित सो प्रतिमामा भगवान् सीतारामको स्वयंवरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ।

प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ। भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाईरहेको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदुत देवीसहाय मिणाले बताए।

पछिल्लो पटक भारतको अयोध्यामा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए।

यो प्रतिमा निर्माण गरेर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको समयमा प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ।

प्रतिमा निर्माणमा प्रयोग गरिएका अन्न अनाथालय, वृद्धाश्रम, मानव सेवा आश्रम लगायतका स्थानमा प्रयोग गर्न सकिने कतिपयको तर्क छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]