२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

जनमतका नेता यादवको पहलमा ४ सामुदायिक विद्यालयमा खानेपानी फिल्टर जडान

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो।

फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति पूर्व खानेपानी मन्त्री अब्दुल खानको विशेष पहलमा यससँगै जिल्लाको ४ विद्यालयमा सुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ।

केन्द्रीय सदस्य यादवका अनुसार अहिलेसम्म स्थानीय गढीमाई नगरपालिका–७ स्थित धनहारी धर्मपुर मावि, नेपाल प्रहरी बोडिङ्ग स्कुल बिर्ता, गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]