०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाको सतोषरमा बोलबम कबडियाहरुको घुइँचो

Logo
प्रकाशित बिहिबार, भाद्र २६, २०७६

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका (सताेषरमा) बोलबम कबडीयाहरुको रौनक देखिएको छ । हिन्दू धर्मावलम्बीहरूले शिवको पुजा हरेक बर्ष यहा मनाइने गरिन्छ । भादाै शुक्ला चतुर्द्शीको दिन धनुषाको सबैला, सताेषरमा लागने बोलबमको चहलपहल बढ्दो देखिन्छ।

सबैला नगरपालिका वडा नम्बर ९ मा बिगत कालदेखि नै अाउदै गरेकोे बर्सेनि बाेलबम भादाै महिनाकाे अन्नद चतुर्द्शीकाे दिन बाेल बम गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

कमला नदि बाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक साल बोलबम यात्रा गर्नेहरुको ठूलो भीड बरमझिया,रघुनाथपुर,बर्कुर्वा,सबैला, गाेबिन्दपुर,सताेषर समेत चहलपहल बढ्दो देखिन्छ।

बोलबम यात्रामा युवायुवतीको आकर्षण

बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । बाेल बम गर्न विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि सबैला आउनेक्रम वृद्धि भएको छ ।

बाेलबम जाने वा फिर्ति हुने कबडीयाहरुको ठुलो भिड लागेको छ । चर्को घाममा नाङगो खुट्टा भगवान शिव जी लाई खुशि पार्न श्रद्धालुहरुले शिव मन्दिरमा जल चढाउन जल लिइ आउने र जल लिइ जाने कबडीयाहरुको भिड उतिकै देखिन्छ ।

स्थानीय सबैला बासिले कबडीयाहरुको स्वागतको लागि दिल खोलेर लागेको छ । चर्को घाममा नाङगो खुट्टाका भक्तजनहरूलाई शितल हुने पानिको व्यवस्था घाईते बमहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।बाेलबममा भाकाल अनुसार काेहि पैदल त काेहि नाम डन्डवत त काेहि डाक बम काे रुपमा सहभागी भएका हुन्छ ।

केही गाउका बुद्धिजीवी लगायत परिवारका समुदायले झाखि किरतण समेत बाेलबमकाे यात्रा मा सहभागि भएर मेला काे साेभा बढाइरहेको हुन्छ ।साभार: जनकपुरटुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]